Back to top

राष्ट्रिय खोप कार्यक्रम

Ministry of Health and Population

नेपालमा महामारी रोग बिफर उम्मुलन पश्चात् विस्तारित खोप आयोजनको नामबाट बि.स. २०३५ सालमा खोप सेवा प्रारम्भ भएको हो । हाल खोप सेवाले आमा र बच्चाहरूको रोगलाग्ने दर, अशक्तता हुने दर तथा मृत्यूदर घटाउन उल्लेख्य भूमिका खेलेको सर्वविदितै छ । एकातिर हामीले खोप सेवाको विस्तारसँगै यसको गुणस्तरीयता कायम गर्नु चुनौतीपूर्ण कार्य हो भने अर्कोतिर शतप्रतिशत लक्षित बालबालिकाहरूलाई खोप सेवादिनु पनि त्यतिकै आवश्यकता छ ।त्यसरी नै भ्याक्सिन उत्पादन भएदेखि सेवाग्राहीलाई सेवा दिंदासम्म यसका प्राविधिक प्रक्रियाहरू चरणबद्ध रूपमा पूरा गर्र्नु अपरिहार्य हुन आउँदछ ।