Back to top

राष्ट्रिय खोप कार्यक्रम

World Health Organization

खोप सेवा नेपाल सरकारकोे पहिलो प्राथमिकता प्राप्त कार्यक्रम हो । बालबालिकाको मृत्युदर र विरामीदर घटाउनमा खोप सेवाको महत्वपूर्ण योगदान रहेको छ । नेपालमा प्रत्येक बर्ष करीव ६ लाख ६० हजारभन्दा बढी नवशिशुहरु जन्मन्छन् र ती सबै बालबालिकाहरुले पूर्ण खोप प्राप्त गर्नु उनीहरुको नैसर्गिक अधिकार हो । नेपाल सरकारको बहुबर्षीय खोप नीति २०११—१६ अनुसार सन् २०१६ को अन्त्य सम्ममा सबै गाविस तथा जिल्लाहरुमा पूर्ण खोपको कभरेज ९० प्रतिशत भन्दा बढी पुर्याउने लक्ष्य राखिएको छ । यद्यपि जनसांख्यिक स्वास्थ्य सर्भेक्षण २०११ अनुसार अझै १० प्रतिशत बालबालिकाले आंशिक र ३ प्रतिशत बालबालिकाले कुनैपनि खोप सेवा प्राप्त गरेका छैनन्, जुन हाम्रा लागि चुनौतीको बिषय रहेको छ ।