Back to top

राष्ट्रिय मुख स्वास्थ्य नीति २०७०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मुख स्वास्थ्यलाई विश्व स्वास्थ्य संगठनले मुख एवं अनुहारको दुखाई, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिजा सम्वन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुख सम्वन्धी रोगहरुवाट मुक्त हुने अवस्थाको रुपमा व्याख्या गरेको मुख सम्वन्धी रोगहरुको रोकथाम गर्न सकिने भएता पनि विश्वभरिका धेरै मानिसहरु यस रोगवाट प्रभावित छन् मुख सम्वन्धी रोगहरु विशेषगरी दाँत किराले खाने, गिजा सम्वन्धी रोग, मुखको क्यान्सर विकसित अल्प विकसित सवै देशहरुमा जनस्वास्थ्य समस्याको रुपमा स्थापित भै सकेकोछ