Back to top

सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति २०६०

स्वास्थ्य मन्त्रालय

विश्वमा अति उच्च मातृमृत्युदर भएका मुलुकहरु मध्ये नेपाल पनि एक हो प्रति एकलाख जीवित जन्ममा औषत ५३९ जना महिलाहरुको मृत्यु हुने गरेको छ१ मातृ मृत्यु अति उच्च हुनका कारणहरु मध्ये असुरक्षित गर्भपतन एउटा प्रमुख कारणको रुपमा रहेको विभिन्न अध्ययन, अनुसन्धानहरुले पनि गर्भपतन मातृ मृत्युदर बीच घनिष्ठ सम्बन्ध रहेको देखाएका छन्  अस्पतालमा आधारित एक अध्ययनबाट अस्पतालमा हुने कूल मृत्यु मध्ये आधा भन्दा वढी मातृ मृत्यु गर्भपतनका कारणले हुने गरेको ज्ञात हुन आएको छ२ समुदायमा आधारित गर्भपतन सम्बन्धी अर्को अध्ययनका आधारमा नेपालमा लुकीछिपी गर्भपतन गराउने १५ वर्षदेखि ४९ वर्ष सम्मका महिलाहरुमा प्रति हजार ११७ मातृ मृत्यु रहेको अनुमान गरिएको छ३ स्वास्थ्य मन्त्रालयद्वारा मातृ मृत्युदर रोगको चापका ९ःयचदष्मष्तथ० सम्बन्धमा गरिएको अध्ययनले अस्पत्ताल भर्ना हुने प्रसूति सम्बन्धी कूल विरामीहरु मध्ये ५४ प्रतिशत गर्भपतनका कारणले भर्ना हुने गरेको देखाएको छ४