Back to top

भिटामिन ए को कमीः रोकथाम र उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

आँखाको देख्ने शक्तिलाई सधै स्वस्थ र तन्दुरुस्त राख्न र शरीरलाई विभिन्न प्रकारका संक्रामक रोगहरूबाट बचाई राख्न भिटामिन ए आवश्यक पर्दछ । यो मानिसको शारीरिक र मानसिक विकासका लागि नभई नहुने तत्व हो । भिटामिन ए को कमीले गर्दा नेपालमा प्रतिदिन एकजना बालबालिका अन्धो हुने गरेको कुरा पत्ता लागेको छ ।