Back to top

कार्यक्रम सञ्चालन (२०७४-७५)

स्वास्थ्य मन्त्रालय

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालन हुने विभिन्न कार्यक्रम, अध्ययन तथा अनुसन्धानलाई बैज्ञानिक र व्यवस्थित रुपमा सञ्चालन गर्ने उद्देश्य लिई यस निर्देशिका तयार गरिएको हो ।यस निर्देशिकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट क्षेत्रिय तथा जिल्लास्तरमा सञ्चालन हुने इपिडिमियोलोजी, योजना, सर्भिलेन्स तथा अनुसन्धान, प्राकृतिक प्रकोप व्यवस्थापन, इन्टोमोलोजी, रोग नियन्त्रण, जुनोसिस, हात्तीपाइले रोग निवारण,सम्वन्धि कार्यक्रमहरुलाई व्यवस्थित तथा आर्थिक पारदर्शी रुपमा सञ्चालन गर्न मद्धत पुग्नेछ ।