नेपाल भरिका सम्पूर्ण बालबालिकाहरुलाई विभिन्न सरुवा रोगहरु लाग्नबाट सुरक्षा प्रदान गर्दै खोप जन्य रोगहरुबाट हुने बिरामीदरमा कमी ल्याई शिशु तथा बालमृत्युदर घटाउन नियमित रुपमा संचालन गरिदै आएको खोप सेवा कार्यक्रमलाई राष्ट्रिय खोप कार्यक्रम भनिन्छ । हाल नेपालमा यस कार्यक्रम मार्फत ९ वटा सरुवा रोग विरुद्ध खोप कार्यक्रम संचालनमा ल्याइएको छ ।