Back to top

लट क्वालिटी एसुरेन्स स्याम्पलिङ सर्वेक्षण

World Health Organization

लट क्वालिटी एसुरेन्स स्याम्पलिङ (एल.क्यू.ए.एस.) विधिको विकास सन् १९२० ताका कारखानाका व्यवस्थापकहरूले गरेका थिए । कुनै पनि कारखानाले सामानहरू निश्चित गुणस्तर या मापदण्ड अनुसार उत्पादन गर्नु पर्दछ । यदि कारखानाका सामानहरू गुणस्तरीय छैनन् र कमसल भएमा उपभोक्ताले ती सामानहरू प्रयोग गर्न छाड्छन् । कारखानाका सामानहरू कमसल हुनु भनेको उपभोक्ता जोखिममा पर्नु हो । यसैगरी कमसल भएका कारणले सामानहरू उपभोक्ताले प्रयोग गर्न छाड्नु भनेको उत्पादन इकाइ जोखिममा पर्नु हो । यसकारण कारखानाका व्यवस्थापकहरूले यी दुवै प्रकारका जोखिमहरूको नियन्त्रण गर्नु पर्दछ|