Back to top

Guideline

Minimum Standards and Guideline for e-Reporting from Health Facilities

PHAMED

For a functional, efficient e-reporting system to be in place at health facilities, a minimum set of physical infrastructure, IT equipment, software, and human resource is required at both the central and facility levels.

For existing information systems that are pursuing e-reporting, the infrastructure specifications described below as minimum requirements are to be upgraded to (if required) by the end of 2016. 

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

जूका नियन्त्रण कार्यक्रम विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको एक अभिन्न अङ्ग हो । विद्यालय जाने उमेरका बालबालिकाहरूमध्ये करीव ७५ प्रतिशतसम्म जूकाको संक्रमणमा परेको तथ्य विभिन्न स्थानहरूमा विगतमा भएका अध्ययनबाट देखिएको छ । मानिसलाई जूका परेमा अपच हुने, पेट दुख्ने, पेट फुल्ने, कमजोरी हुने, खाना नरुच्ने र शरीरमा रगतको कमी हुन जान्छ । जूका परेमा खानामा भएका पोषक तत्वहरू जूकाले नै खाइदिन्छ र शरीरमा पोषणको मात्रामा कमी आउँछ ।

राष्ट्रिय खोप कार्यक्रम

नेपालका सम्पूर्ण बालबालिकाहरुलाई विभिन्न सरूवा रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्दै खोपबाट बचाउन सकिने रोगहरुबाट हुने बिरामीदरमा कमी ल्याई शिशु तथा बालमृत्युदर घटाउन नियमित रुपमा सञ्चालन गरिदै आएको खोप सेवा कार्यक्रमलाई राष्ट्रिय खोप कार्यक्रम भनिन्छ । राष्टिय खोप कार्यक्रम मार्फत नै खोप सेवा प्रदान गर्ने नीति, रणनीति तय गर्नुका साथै सेवा सञ्चालन गर्न आवश्यक र्ने सम्पूर्ण श्रोत–सामाग्रीहरुको व्यवस्थापन गरिन्छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप सेवा, अभियानमार्फत दिइने खोप सेवा, सर्भिलेन्य कार्य तथा खोप सम्बन्धी अनुसन्धान कार्यहरु पर्दछन् । खोप सेवा सबै स्वास्थ्य संस्था, बाह्य खोप केन्द्र र घुम्ती टोली परिचालन गरी प्रदान गरिन्छ ।

आपूर्ति व्यवस्थापन सम्वन्धी कार्य स्थलगत तालीम २०७१

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय र प्रभावकारी तवरले स्वास्थ्य सेवा प्रदान गर्नको लागि जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयका भण्डारमा कार्यरत स्टोरकिपरहरूलाई भण्डार व्यवस्थापन सम्बन्धी समूहगत रूपमा जिल्ला अस्पतालका स्टोरकिपरहरूका लागि आधारभूत तालीम तथा जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयका स्टोरकिपर र कोल्डचेन असिस्टेण्टहरू, उप स्वास्थ्य चौकीका प्रमुखहरू, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका प्रमुख र स्टोरकिपरहरूलाई स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन तालीम संचालन गरि सकिएको छ |

Nutrition Technical Committee

Under-nutrition has been a long standing public health problem in Nepal. Forty-nine per cent of Nepali children have been suffering from chronic forms of malnutrition, i.e., stunting and about one fourth of Nepal women has low BMI (<18.5). In Nepal, 39 per cent of children are underweight, 13 percent are wasted and 42 percent are anaemic (NDHS 2006).

कोल्ड चेन तथा भ्याक्सिन व्यवस्थापन कार्यनीति

खोपबाटबचाउन सकिने विभिन्न रोगहरु लाग्ने दरमा कमी ल्याई ती रोगहरुको कारणबाट हुने अपाङ्गता र बाल मृत्यु दर घटाउनु नै राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य रहेको छ । यो कार्यक्रम जनस्वास्थ्य सेवाको क्षेत्रमा सफल एवं प्रभावकारी कार्यक्रमको रुपमा परिचित छ । यो कार्यक्रमले शिशु मृत्यु दर, बालमृत्यु दर र मातृ मृत्यु दर घटाउनमा बिशेष योगदान पु¥याएको छ ।