Back to top

Health lifestyles and Environment

Health Minister Giriraj Mani Pokhrel

तेस्रो पटक स्वास्थ्य मन्त्री बनेका गिरिराजमणी पोखरेलले पदवहाली गर्दा दिएको प्रतिक्रिया

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

जूका नियन्त्रण कार्यक्रम विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको एक अभिन्न अङ्ग हो । विद्यालय जाने उमेरका बालबालिकाहरूमध्ये करीव ७५ प्रतिशतसम्म जूकाको संक्रमणमा परेको तथ्य विभिन्न स्थानहरूमा विगतमा भएका अध्ययनबाट देखिएको छ । मानिसलाई जूका परेमा अपच हुने, पेट दुख्ने, पेट फुल्ने, कमजोरी हुने, खाना नरुच्ने र शरीरमा रगतको कमी हुन जान्छ । जूका परेमा खानामा भएका पोषक तत्वहरू जूकाले नै खाइदिन्छ र शरीरमा पोषणको मात्रामा कमी आउँछ ।

राष्ट्रिय खोप कार्यक्रम

नेपालका सम्पूर्ण बालबालिकाहरुलाई विभिन्न सरूवा रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्दै खोपबाट बचाउन सकिने रोगहरुबाट हुने बिरामीदरमा कमी ल्याई शिशु तथा बालमृत्युदर घटाउन नियमित रुपमा सञ्चालन गरिदै आएको खोप सेवा कार्यक्रमलाई राष्ट्रिय खोप कार्यक्रम भनिन्छ । राष्टिय खोप कार्यक्रम मार्फत नै खोप सेवा प्रदान गर्ने नीति, रणनीति तय गर्नुका साथै सेवा सञ्चालन गर्न आवश्यक र्ने सम्पूर्ण श्रोत–सामाग्रीहरुको व्यवस्थापन गरिन्छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप सेवा, अभियानमार्फत दिइने खोप सेवा, सर्भिलेन्य कार्य तथा खोप सम्बन्धी अनुसन्धान कार्यहरु पर्दछन् । खोप सेवा सबै स्वास्थ्य संस्था, बाह्य खोप केन्द्र र घुम्ती टोली परिचालन गरी प्रदान गरिन्छ ।

आपूर्ति व्यवस्थापन सम्वन्धी कार्य स्थलगत तालीम २०७१

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य संस्थाहरूबाट गुणस्तरीय र प्रभावकारी तवरले स्वास्थ्य सेवा प्रदान गर्नको लागि जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयका भण्डारमा कार्यरत स्टोरकिपरहरूलाई भण्डार व्यवस्थापन सम्बन्धी समूहगत रूपमा जिल्ला अस्पतालका स्टोरकिपरहरूका लागि आधारभूत तालीम तथा जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयका स्टोरकिपर र कोल्डचेन असिस्टेण्टहरू, उप स्वास्थ्य चौकीका प्रमुखहरू, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका प्रमुख र स्टोरकिपरहरूलाई स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन तालीम संचालन गरि सकिएको छ |