Back to top

औषधिजन्य मालसामान खरिद तथा आपूर्ति व्यवस्थापन सहजीकरण पुस्तिका २०७४

स्वास्थ्य मन्त्रालय

आधारभूत स्वास्थ्य सेवा व्यवस्थापनको क्रममा हुने विभिन्न कार्यहरुमध्ये औषधि तथा स्वास्थ्य उपकरण खरिद, भण्डारण र वितरण महत्वपूर्ण कार्यहरु हुन् । यी कार्यहरुमा संविधानत सङ्घीय संरचना तयार हुनु अगाडिसम्म केन्द्रमा स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाका साथै कार्यक्रमसँग सम्बधित महाशाखा, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र अन्तर्गतका क्षेत्रीय मेडिकल स्टोर साथै जिल्ला स्वास्थ्य, जनस्वास्थ्य कार्यालय र अन्तर्गतका स्वास्थ्य संस्थाहरुले मुख्य भूमिका निर्वाह गर्दै आएका थिए ।