Back to top

पोषण पुनस्र्थापना गृह सञ्चालन निर्देशिका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपालको पोषण नीतिको उद्देश्य मुख्य रुपले ५ वर्ष मुनिका बालबालिकाहरु, गर्भवती तथा सुत्केरी महिलाहरुलाई प्रोटिन शक्ति कुपोषण तथा सूक्ष्मपोषकतत्वको कमी हुनबाट जोगाएर उनीहरुको मानसिक तथा शारीरिक बृद्घिका लागि पूर्ण सन्तुलित खाना खान पाउने व्यवस्था गर्न र भविष्यमा स्वस्थकर जीवन विताउन योग्य बनाउनु हो । बहुपक्षीय सहयोग र समन्वयबाट उनीहरुको पोषण स्थितिमा सुधार ल्याई कुपोषणको समस्यालाई घटाउंदै लैजाने नीतिगत उद्देश्य लिइएको छ ।