Back to top

प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको

स्वास्थ्य मन्त्रालय

नेपाल सरकारले प्रत्येक गा.वि.स. स्तरमा स्वास्थ्य संस्थाहरु मार्फत प्रतिकारात्मक, प्रवर्धनात्मक र उपचारात्मक स्वास्थ्य सेवाहरु जस्तैः खोप, परिवार नियोजन तथा सुरक्षित मातृत्व, क्षयरोग, कुष्ठरोग आदि निःशुल्क प्रदान गर्दै आएता पनि उपचारात्मक सेवातर्फ वर्षैभरीको लागि गुणस्तरीय औषधीको अभाव हुने तथा सर्वसाधारण विरामीहरुले दर्ता शुल्क तिर्नुपर्ने जस्ता कारणले गरीव, अतिगरीव, असहाय, अपांङ्ग, जेष्ठ नागरिक र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा ठूलो हिस्सा ओगटेका दुर्गम भेगका विरामीहरुले सेवाको उपभोग गर्न नपाई रहेको यथार्थलाई राज्यले महसुश गरी दोश्रो जन आन्दोलन २०६२÷६३ पछि गठित सरकारले सो मर्म अनुरुप राष्ट्रिय निशुल्क स्वास्थ्य सेवा कार्यक्रम लागु गरेको हो।