Back to top

राष्ट्रिय खानेपानी गुणस्तर सर्भिलेन्स

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

पानी जीवनको मूल आधार हो । मानिसलाई दैनिक करिव .....लिटर पानी आवश्यक पर्दछ । मानव जीवनकालागि पानीको उपलब्धता ,पर्याप्त, सुरक्षित तथा सुलभ हुनु जरुरी छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले २६ जुलाई २०१० मा मानवीय स्वास्थ्य रक्षाको लागि सुरक्षित तथा स्वच्छ खानेपानीलाई मानव अधिकारको रुपमा घोषणा गरेको छ । विगत दुई दशक यता नेपालमा खानेपानीको पहँुचमा उल्लेखनीय सुधार भएको छ । खानेपानी तथा ढल निकास विभागको हालैको प्रतिवेदन अनुसार नेपालमा ८० प्रतिशत जनसंख्यालाई पानी उपलब्ध हुनेगरेको छ । जस मध्ये ५० प्रतिशत जनताले पाइपबाट वितरित पानी उपभोग गर्छन् ,जसको स्रोत ३० प्रतिशत मूलको तथा २० प्रतिशत सतही तथा भूमिगत रहेको छ । बाँकी ३० प्रतिशत हाते पम्पबाट र २० प्रतिशत परम्परागत स्रोत (इनार, कुवा, पँधेरो, खोला आदि० बाट उपभोग गर्छन् । खानेपानी सुक्ष्म जीवाणु बाट प्रदुषित हुने गर्दछ यी स्रोतहरुमध्ये सतही स्रोत सबैभन्दा बढी प्रदूषित हुने सम्भावना रहेको हुन्छ ।