Back to top

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य र शिक्षा एक अर्कामा अन्योन्याश्रित विषय हुन् । विद्यालय जाने उमेरका बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको स्तर सुधार गर्ने जिम्मेवारी विद्यालयको पनि हो । दक्षिणपूर्वी एसिया लगायत नेपाल जस्तो मुलुकमा सरसफाइको कमी र कुपोषणले गर्दा बाल मृत्युदर उच्च छ । बालरोगको उच्च संक्रमणले विद्यालय जाने उमेरका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा नकारात्मक असर पारेको छ ।