Back to top

Guideline

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य र शिक्षा एक अर्कामा अन्योन्याश्रित विषय हुन् । विद्यालय जाने उमेरका बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको स्तर सुधार गर्ने जिम्मेवारी विद्यालयको पनि हो । दक्षिणपूर्वी एसिया लगायत नेपाल जस्तो मुलुकमा सरसफाइको कमी र कुपोषणले गर्दा बाल मृत्युदर उच्च छ । बालरोगको उच्च संक्रमणले विद्यालय जाने उमेरका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा नकारात्मक असर पारेको छ ।

Joint Action Plan 2071/72 – 2076/77 School Health and Nutrition

Ministry of Health and Population

Health and education are interdependent and schools provide a unique opportunity to improve health and education status of school age children. Diseases related to lack of hygiene, malnutrition is still the leading causes of death for children in Southeast Asia including Nepal. High Burden of childhood diseases has a signification impact on educational and health goals of school children through pain, morbidity and mortality.

पोषण पुनस्र्थापना गृह सञ्चालन निर्देशिका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपालको पोषण नीतिको उद्देश्य मुख्य रुपले ५ वर्ष मुनिका बालबालिकाहरु, गर्भवती तथा सुत्केरी महिलाहरुलाई प्रोटिन शक्ति कुपोषण तथा सूक्ष्मपोषकतत्वको कमी हुनबाट जोगाएर उनीहरुको मानसिक तथा शारीरिक बृद्घिका लागि पूर्ण सन्तुलित खाना खान पाउने व्यवस्था गर्न र भविष्यमा स्वस्थकर जीवन विताउन योग्य बनाउनु हो । बहुपक्षीय सहयोग र समन्वयबाट उनीहरुको पोषण स्थितिमा सुधार ल्याई कुपोषणको समस्यालाई घटाउंदै लैजाने नीतिगत उद्देश्य लिइएको छ ।

आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम कार्यान्वयन निर्देशिका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

नेपालमा करिव ४१ प्रतिशत बालबालिकाहरू दीर्घकुपोषणबाट ग्रस्त रहेका छन् (ल्म्ज्क् द्दण्ज्ञज्ञ) । गर्भधारणदेखि दुई वर्षको उमेर भित्रै बालबालिकामा पुड्कोपनको बिजारोपण हुन्छ जसको निवारण पछि सम्भव हु“दैन । यसवाहेक पनि नेपालको जनसङ्ख्या विशेष गरी जोखिममा रहेका महिला तथा बालबालिकाहरू विभिन्न सुक्ष्म पोषण तत्वहरूको अभावले ग्रसित छन् ।

NEPAL Integrated Management of Acute Malnutrition (IMAM) Guideline

UNICEF

The consequences of malnutrition are serious and life-long, falling hardest on the very poor and on women and children. Overall in developing countries, nearly one-third of children are underweight or stunted (low height for age)3. Under nutrition interacts with repeated bouts of infectious disease; causing an estimated 3.5 million preventable maternal and child deaths annually4, and its economic costs in terms of lost national productivity and economic growth are huge. In all its forms, malnutrition accounts for more than 50 per cent of child mortality in Nepal based on WHO estimates. Malnourished children who do survive are more frequently ill and suffer the life-long consequences of impaired physical and cognitive development. These consequences translate to poor human resource capital and poor economic development.

शिशु तथा बाल्यकालीन पोषण रणनीति २०७३

स्वास्थ्य मन्त्रालय

नवजात शिशु तथा बाल मृत्युदर मूलुकको स्वास्थ्य स्थिति सम्बन्धी महत्वपूर्ण परिसूचकको रुपमा रहेको हुन्छ र यसले नागरिकको जीवनस्तर र देशको सामाजिक तथा आर्थिक विकासलाई पनि दर्शाउँछ । पोषण सुरक्षा बाल बचाऊ र विकासको आधार हो । शिशु मृत्यु घटाउने बिश्वव्यापी लक्ष्य हासिल गर्न नेपालले विगत १५ वर्षमा उल्लेखनीय प्रगति गरेको छ । सन् २०११ को सर्वेक्षण अनुसार नेपालको शिशु मृत्युदर प्रति १,००० जीवित जन्ममा ४६ रहेको छ । तर देशका विभिन्न भौगोलिक क्षेत्र, समुदाय बीच यो अवस्था फरक–फरक रहेको छ भने समग्रमा पनि यो अवस्थामा अझै सुधार गर्नुपर्ने जरुरी छ ।

शिशु तथा बाल्यकालीन पोषण रणनीति २०७३

स्वास्थ्य मन्त्रालय

नवजात शिशु तथा बाल मृत्युदर मूलुकको स्वास्थ्य स्थिति सम्बन्धी महत्वपूर्ण परिसूचकको रुपमा रहेको हुन्छ र यसले नागरिकको जीवनस्तर र देशको सामाजिक तथा आर्थिक विकासलाई पनि दर्शाउँछ । पोषण सुरक्षा बाल बचाऊ र विकासको आधार हो । शिशु मृत्यु घटाउने बिश्वव्यापी लक्ष्य हासिल गर्न नेपालले विगत १५ वर्षमा उल्लेखनीय प्रगति गरेको छ । सन् २०११ को सर्वेक्षण अनुसार नेपालको शिशु मृत्युदर प्रति १,००० जीवित जन्ममा ४६ रहेको छ । तर देशका विभिन्न भौगोलिक क्षेत्र, समुदाय बीच यो अवस्था फरक–फरक रहेको छ भने समग्रमा पनि यो अवस्थामा अझै सुधार गर्नुपर्ने जरुरी छ । साथै नवजात शिशु को मृत्यु दरमा उत्साहजनक प्रगति हुन सकेको छैन । नेपालमा अझैपनि शिशु मृत्यु दरको दुई–तिहाई भन्दा बढी अंश नवजात शिशु मृत्यु दरले ओगटेको छ । शिशु तथा बाल्यकालिन पोषणको अवस्था कमजोर हुनु एक प्रमुख कारण हो भन्ने कुरा विभिन्न तथ्याङ्कले देखाएको छ । त्यसैले शिशु तथा बाल्यकालीन पोषणमा उल्लेखनीय रुपमा सुधार गरेमा मुलुकमा बालबालिकाको स्वास्थ्य, वृद्घि तथा विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।